fbpx

आगँनको सेमिफाइनलमा ७५ जना

विराटनगर ।

एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको क्वाटरफाइनल राउण्ड सम्पपन्न भएको छ ।

प्याब्सन विराटनगरले आयोजना विराटनगर–११ म रहेको सगरमाथा स्कूलमा भएको क्वाटरफाइनलबाट ७५ जना सेमिफाइनलमा पुगेका छन् । प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना सेमिफाइनलकोलागि छनौट भएको बताए ।

आँगनको अडिसनमा ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष राईले जानकारी दिए । ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु गरिएको हो ।

विद्यलाय तहका विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् ।

तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भएका मध्ये फाइलन चरणमा १०–१० बीच प्रतिश्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने प्याव्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताए । प्रतियोगिताको फिनाले विराटनगरमा साउन २४ गते हुनेछ ।

Loading...