fbpx

पर्खाल भत्किदाँ १५ जनाको मृत्यु

दिल्ली ।

भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । शुक्रबार राति अबेर भएको घटनामा मृत्यु हुनेमा १० पुरुष, एक महिला र चार बालबालिका छन् ।

घटनामा पुरिएका तीनलाई उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।

एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

पानी परिरहेको बेला भएको घटनाको कारण धेरै व्यक्ति हताहत भएको हुन सक्ने अधिकारीहरुले जनाएका छन् । वर्षातकै कारण पर्खाल भत्किएको हो ।

प्रतिक्रिया

Loading...