fbpx

‘टिकटकका ट्वीन्स गर्ल’ प्रिज्मा, प्रिन्सी र दीपा, दमन्ताको ‘अमिलो निबुवा’ सार्वजनिक

काठमाठौं,
म्युजिक भिडियो निर्देशक जीवन रसाईलीको स्वरमा ‘अमिलो निबुवा’ बोल गरेको गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोलाई युटुबमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा जीवनलाई गायिका निकिता थापाले गायनमा स्वर दिएर साथ दिएकी छन् । जीवनले यसअघि पनि धेरै गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । ‘अमिलो निबुवा’को म्युजिक भिडियोमा टिकटकमा सर्वाधिक हिट रहेका दुई ट्वीन्स गर्ल प्रिज्मा र प्रिन्सी खतिवडा , दीपा र दमन्ता श्रेष्ठका साथ अभिनेता शिशिर भण्डारी र मिलन शंकरको प्रस्तुति रहेको छ ।

जीवन रसाईलीकै निर्देशनमा तयार भएको यस गीतमा दीपक सिलवालको शब्द तथा संगीत रहेको छ । नवीन निरौलाको सम्पादन रहेको उक्त गीतलाई कुसल सिंहले एरेन्ज गरेका हुन् ।

गम्भीर विस्टको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । ‘हाम्रो माया जिन्दावाद’ गीतको सफलता पछि उक्त टिमबाट नै ’अमिलो निबुवा’ बोलको गीत सार्वजनिक भएको हो ।

भिडियोलाई मेलवर्नको आर जी आई टी अष्ट्रेलिया इन्टरनेशनल कलेज र मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले संयुक्त रुपमा निर्माण गरेको हो ।

https://youtu.be/CPhKQlXjtKs

प्रतिक्रिया

Loading...