fbpx

एसईई नतिजा : बिकेभीएमका विद्यार्थी साहले ४ जीपीए ल्याए

विराटनगर । विराटनगरको बाल कल्याण विद्या मन्दीर (बिकेभीएम) का एक विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ४ जीपीए ल्याएका छन् ।  बिहिवार प्रकाशित रिजल्टमा विकेभीएमबाट एसईई दिएका तीर्थकुमार साहले चार जीपीए ल्याएका हुन् । एसईईमा चार जीपीए उत्कृष्ट हाे ।

विद्यालयका प्रिन्सिपल रबिन दाहालका अनुसार बिकेभीएमबाट २७१ विद्यार्थी मध्ये तीर्थले ४ जीपीए ल्याएका हुन् । साह सप्तरीका हुन् । उनी बिकेभिएममा होस्टल बसेर अध्ययन गरिरहेका थिए । साहको रिजल्ट देशभरमै उत्कृष्ट रहेको प्रन्सिपल दाहालले दाबि गरेका छन् ।

दाहालका अनुसार एसईईमा १२७ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् । ती मध्ये ८ जनाको जिपिए ३.९५ ग्रेड ल्याएका छन् । त्यस्तै १३१ जना विद्यार्थीले ए र १३ जना विद्यार्थीले बी प्लस ग्रेड ल्याएका छन् ।

Loading...