fbpx

एसईई रिजल्ट : सामुदायिक तर्फ उत्कृष्ट पोखरीया र आदर्श

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) विराटनगरका सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएका छन् । अंग्रेजी माध्ययमबाट अध्यापन गराउँदै आएका पोखरीया, आदर्श,सत्यनारायण सहितका सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

विराटनगर–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार एसईईमा सहभागि ३ सय १२ जना विद्यार्थी मध्ये एकसय २५ जनाले एक प्लस, ९७ जना ए, ७५ जनाले बी–प्लस र आठ जनाले बी ग्रेड ल्याएका छन् । त्यस्तै विद्यालयबाट सी प्लस ७ जनाले ल्याएका छन् । ती मध्ये एलिसा निरौला र अर्चना पोखरेलले जीपीए ३.९५ छ ।

विराटनगरको आदर्श माध्यमिक विद्यालयले गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको छ । स्कुलका प्रधानाध्यापक तुलसी दुलालका अनुसार परीक्षामा २०० जना विद्यार्थी सहभागि थिए । जस मध्ये २१ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए । आदर्शबाट ५२ जनाले ए ग्रेड ल्याउँदा ४८ जनाले बी प्लस, ३३ जनाले बी, ३५ जनाले सी प्लस र ९ जनाले सी ग्रेड ल्याएका छन् । आदर्शको रिजल्ट गत वर्षको तुलनामा उत्कृष्ट हो । गत वर्ष आदर्शबाट १४ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए ।

विराटनगरको सत्यनाराण माध्यमिक विद्यालयबाट पनि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । स्कुलबाट सहभागि विद्यार्थी मध्ये २४ जनाले ३.६ भन्दामाथी ए प्लस, ५३ जनाले ए, ३८ जनाले बी प्लस ८० जनाले बी र १३ जनाले सी प्लस ल्याएका छन् । सो स्कुलबा २०८ जना विद्यार्थीले एसईईमा सहभागिता जनाएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले बिहिवार दिउँसो एसईई नतिजा प्रकाशित गरेको थियो । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना विद्यार्थी छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

प्रतिक्रिया

Loading...