fbpx

राजेशपायल राईको गीतमा ऋचा शर्माको यस्तो अभिनय (भिडियोसहित)

विराटनगर,
गायक राजेशपायल राईको आवाजमा समेटिएको गीत सार्वजनिक भएको छ । राजेशपायलको आवाज रहेको ‘स्वदेश’ बोलको गीत युटुबमार्फत् सार्वजनिक भएको हो ।

श्रीशिवाको शब्द रचना तथा पुष्प गजमेरको संगीत रहेको उक्त गीतले स्वदेशमै केही गरौं र विदेश नजाऔं भन्ने सन्देश दिएको छ । फणिन्द्र राईको एरेन्ज रहेको उक्त गीतको भिडियोले पनि सोही सन्देश दिन खोजेको छ ।

भिडियोमा अभिनेत्री ऋचा शर्माको अभिनय रहेको छ । यस म्यूजिक भिडियोमा ऋचाले पृथक भूमिका निभाएकी छन् । ऋचाका अलाबा भिडियोमा राज खड्काको पनि अभिनय रहेको छ ।

भिडियोलाई ज्ञानेन्द्र्र शर्मा हुमागाईँले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् । यस म्यूजिक भिडियो राज खड्काकै निर्देशनमा बनेको हो ।

भिडियो हेर्नका लागि यहाँ क्लिब गर्नुहोस्

 

प्रतिक्रिया

20 − 16 =

Loading...