fbpx

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट (तरिकासहित)

विराटनगर,
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । माध्यमिक परीक्षा बोर्डले बिहीबार दिउँसो एसईईको परीक्षाफल प्रकाशन गरेको हो ।

उक्त बोर्डले एसईईको नतिजा बुधबार प्रकाशन तयारी गरेको थियो । तर, पुनः परीक्षणको काम नसकिएकाले आज रिजल्ट सार्वजनिक गरिएको हो । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार १८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् रिजल्ट

रिजल्ट हेर्नका लागि एनटीसीबाट १६०० डायल गर्नुपर्नेछ । यस्तै अनलाइनमार्फत् रिजल्ट हेर्नका लागि http://see.ntc.net.np/ मा गइ हेर्न सकिनेछ । यसैगरी http://www.neb.gov.np/results मार्फत् पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

Loading...