fbpx

सर्वाधिक धेरैपटक रक्तदान गरेर गिनिज बुकमा नाम दर्ता

विराटनगर,
अष्ट्रेलियाका रक्तदाता जेम्स हेरिसनले रक्तदानमा गिनिस वर्ल्ड रेकर्ड बनाएका छन् । उनले अत्याधिक पटक रक्तदान गर्दै गिनिस बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

‘म्यान विथ द गोल्डेन आर्म’को उपनामले चिनिएका हेरिसनले अहिलेसम्म आफ्नो दाँया हातबाट १ हजार १ सय ६३ पटक ब्लड डोनेशन गरेका छन् भने बाँया हातबाट १० पटक रक्तदान गरिसकेका छन् ।

१८ वर्षको उमेरदेखि रक्तदान गर्दै आएका उनले करोडौँको ज्यान बचाएका छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्दै उनले ८१ वर्षको उमेर पुगेपछि रक्तदान गर्न रोकेका छन् । उनले ११ मे २०१८ मा अन्तिम रक्तदान गरेका थिए ।

Loading...