fbpx

आज एसईईको नतिजा प्रकाशन हुँदै, यसरी हेर्नुहोस् रिजल्ट (तरिकासहित)

विराटनगर,

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो १ बजे एसईईको नतिजा प्रकाशनको लागि बैठक बोलाएको छ ।

उक्त कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी गरेको थियो । तर, पुनः परीक्षणको काम नसकिएकाले आज रिजल्ट सार्वजनिक गर्न लागिएको कार्यालयले जनाएको छ । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरे नतिजा प्रकाशन हुने छ ।

गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार १८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

रिजल्ट हेर्नका लागि एनटीसीबाट १६०० डायल गर्नुपर्नेछ । यस्तै अनलाइनमार्फत् रिजल्ट हेर्नका लागि http://see.ntc.net.np/ मा गइ हेर्न सकिनेछ । यसैगरी http://www.neb.gov.np/results
मार्फत् पनि नतिजा हेर्न सकिनेछ ।

Loading...