fbpx

सुसाइड नोटमा ‘मलाई कसैले माया गर्दैन’ लेख्दै ११ वर्षीय बालकले गरे आत्महत्या

ललितपुर,
‘मलाई कसैले माया गर्दैन’ भनेर सुसाइड नोटमा लेख्दै ११ वर्षीय बालकले आत्महत्या गरेका छन् । शनिबार राति ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टाका समीर लुङवाले आत्महत्या गरेका हुन् ।

शनिबार राति ९ बजे समीरले आफ्ना परिवार र विद्यालयका शिक्षिक तथा शिक्षिकाले माया नगरेको सुसाइड नोटमा उल्लेख गर्दै आत्महत्या गरेका हुन् । समीरले घरमा आमा नभएको बेलामा सुसाइड नोट लेखेर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुले जनाएका छन् ।

समीर स्थानीय कालिदेवी माध्यमिक विद्यालयमा अध्यय थिए । कक्षा ५ मा पढ्ने समिरले लेखेको सुसाइड नोट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले सुसाइड नोटमा लेखेका छन्, ‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरूलाई पिट्ने र केटीहरूलाई नपिट्ने र घरमा मलाई दाइ–भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।

सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’

प्रतिक्रिया

Loading...