fbpx

तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको ज्यान गयो

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मंगलबार राति तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् ।

प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ । गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले जानकारी दिएका छन् ।

मंगलबार राति भएको यस आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताएका छन् । तर, प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन् ।

तालिबान लडाकू समूहले पनि यस आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् । रासस

प्रतिक्रिया

Loading...