fbpx

सिलिन्डर विष्फोट गराएको आशंकामा कक्षा ९मा पढ्ने बालक पक्राउ

सल्यान,
सल्यानमा सिलिन्डर विष्फोट गराएको आशंकामा कक्षा ९मा पढ्ने बालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धान गर्न भन्दै १६ वर्षीय बालक पुष्कर सुनारलाई बुधबार बिहान पक्राउ गरेको हो ।

गत असार ९ गते सल्यानको कुमाख गाउँपालिका–६ वडागाउँमा सिलिन्डर बिस्फोट भएको थियो । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन भएको उक्त बिस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले सोही गाउँका पुष्कर सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुनार स्थानीय जनकल्याण मावि वडागाउँमा कक्षा नौमा अध्ययनरत छन् । प्रहरीका अनुसार पुष्करलाई सोधपुछका गर्न २४ घण्टाका लागि मात्र नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Loading...