fbpx

क्लिन फिड लागु भए व्यवसाय बन्द गर्ने केवल टिभी सेवा प्रदायको चेतावनी

काठमाडौं । सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् ।

नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजिएको उनको भनाई छ ।

उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे ।  सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उनको भनाई छ । ‘सरकारले के गर्न चाहेको हो भन्ने कुरा नै क्लियर छैन’–उनले प्रश्न गरे ।

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताएका छन् । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ ।  उनले समस्या समाधानको लागि सम्वाद गर्नुपर्ने सरकारसामू आग्रह गरे । व्यापार गर्न नसके आफूहरुले बन्द गर्ने पनि उनले चेतावनी दिए ।

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे ।

उनले आफूहरुको बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे । उनले आफूहरुको ‘अपरेशन कष्ट’ नउठे बन्द गर्ने स्पष्ट पारे । क्लिन फिड लागु भए नेपालका मिडिया नै मर्ने अवस्था रहेको उनले खतरा औंल्याए । उनले संसारभरि अन्त कतैपनि क्लिन फिड लागु नभएको जिकिर गरे ।

कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए । उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे ।  कतिपय मिडियाले आफूहरुको उक्त रिहर्सललाई दादागिरीको संज्ञा दिएपनि बास्तविकतामा त्यसतो नभएको उनको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया

Loading...