fbpx

ई–ट्रान्सपोर्टेशन सर्भिस सुरु

काठमाडौं । ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लि.ले सुचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेशन सर्भिस www.nepalets.com संचालनमा ल्याएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त सेवाको विधिवत रुपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुर पण्डितले उद्धघाटन् गरेका हुन् ।  कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहाल, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, आईटी एक्सपर्ट रोबट विश्वकर्मा, सफ्टवेयर डेभ्लपर आलोक पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए ।
सकारी गाडीको दुरुपयोग रोक्नको लागि आँफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले ढुवानी सेवामा प्रा.ली.को उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरु न्यूनिकरण गर्न महत्वपूर्ण सावित हुने विश्वास दिलाए ।

प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हामीले वेबसाईट र मोबाइल एप्लीकेसन लभउबभितक बाट सेवा प्रदान गर्ने छौं । सेवा लिनका लागि सामान ढुवानी गर्ने÷गराउने दुवै पक्ष (व्यक्ती, कम्पनी र गाडी चालकले www.nepalets.com वा मोबाइल एप्लीकेसन लभउबभितक मा रजिष्ट्रेसन गर्नु पर्ने हुन्छ जुन निशुल्क छ । रजिष्ट्रर भइसकेपछि सेवाग्राहीले घर÷अफिस अथवा जाहाँसुकै बाट आफुलाई चाहिएको सेवा लिन ई–ट्रान्सपोर्टेशन सर्भिसमा खबर गर्न सकिने छ । ई–ट्रान्सपोर्टेशन सर्भिसले दुवै पक्षको माग र आवश्यकता पुरा गर्न मध्यस्तकर्ताको भुमिका खेल्ने छ ।’

ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले उक्त सेवाको उपयोगिताको बारेमा प्रकाश पारेका थिए
त्यस्तै, उनले आफूहरुले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरि जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Loading...