fbpx

आकर्षक देखिन पुरुषहरुले यस्ता साना साना कुरामा ध्यान दिउँ

विराटनगर ।
महिलाहरु मात्र नभएर पुरुषहरु पनि आफुलाई कसरी आकर्षक र सुन्दर बनाउन सकिन्छ भनेर विभिन्न उपायहरु अपनाइ रहेका हुन्छन । राम्रो लुगा लगाउने, कपालका विभिन्न डिजाइन र अनुहारलाई पनि सक्दो राम्रो देखाउन प्रयास गर्छन् । तर, अलि ढंग नभएको र सुन्दरताको बारेमा ज्ञान नभएकोले गर्दा पुरुषहरु सानातिना कुरामा भने सधैं लापरवाही गर्ने गर्छन् ।

सानो तिनो लापरवाहीले गर्दा पुरुषहरु आकर्षक देखिन सक्दैनन् । कोहि कोहिले भने यस्तै सानु सानु कुरालाई खयाल गरेर सुन्दर र आकर्षक बन्न सफल भएका छन् । आकर्षक देखिन नसक्ने पुरुषले सानो तिनो गल्तीहरु गरेको हुने गर्छ । ति मध्ये सब भन्दा मुख्य गल्ति हो कपालको बेवास्ता गर्नु । विभिन्न तरिकाले कपाल काटेपनि उनीहरुले कपाललाई बेवास्ता गरिरहेका हुन्छन ।

छोटो कपाल छ भन्दै उनीहरले नुहाउन प्रयोग गरिने साबुनलाई नै टाउकोमा प्रयोग गरिरहेका हुन्छन । यसले गर्दा कपाल छिट्टै रुखो र सुक्खा देख्ने गर्छ र मिलाउनका लागि पनि समय र मेहेनत लाग्ने गर्छ । कपाललाई सेट गर्नको लागि जेलको धेरै प्रयोग गर्नु पर्ने हुन्छ । यस्तो केमिकलको प्रयोग गर्दा कपालको चमक हराउनुका साथै कपालमा चाया पर्ने समस्या देखा पर्न थाल्छ ।

मान्छेको उमेर वा हर्मोनको कारणले कपाल फुल्ने समस्या सुरु हुन्छ । फुलेको कपालले बुढो देखाउछ भन्ने डर वा लाजले गर्दा पुरुषहरुले सेतो कपाललाई उखेल्ने गर्छन् । यसरी जरैबाट कपाल उखाल्दा फेरी फेरी सेतो कपाल आउने समस्याले सताउनुका साथै छिट्टै चिन्ड़े हुने सम्भावना बढेर जान्छ ।

दाह्री जुँगा काट्ने बेलामा शेविंग क्रिम र राम्रो खालको ब्लेडको प्रयोग नगरेमा अनुहारको छालामा असर पुग्न जान्छ । यसले अनुहारलाई सुक्खा बनाउनुका साथै अनुहारको चमक पनि हराउदै जान्छ । त्यसैले शेभ गर्दा राम्रो क्रिमको प्रयोग गर्नुका साथै शेभ गरिसके पछि मोइसचराइजरको प्रयोग गर्नु पर्छ । साथ साथै घरबाट निस्किनु अगाडी सन्स क्रिमको प्रयोग गरेमा घामबाट अनुहारलाई जोगाउन सकिन्छ ।

चिटिक्क कपाल र दाह्री त बनाउछन् तर, आफ्नो नाक र कानबाट निस्किेको रौँको बेवास्ता गरेको हुन्छ । समय समयमा उक्त रौँहरु लाई पनि काट्ने गरेमा अनुहार सफा देखिन्छ । हात र खुट्टाको नङ पाल्ने गर्दा पनि पुरुषलाई आकर्षक देखिदैन । त्यसैले हात खुट्टाको नङ काटेर हात खुट्टालाई सफा राख्नु पर्छ । साथै सफा बस्ने बानी बसाउदा मात्र पनि पुरुषहरु आकर्षक देख्न सकिन्छन् ।

प्रतिक्रिया

17 − 8 =

Loading...