fbpx

परफ्युमको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी

विराटनगर ।
घरबाट बाहिर निस्किनु अघि हामीहरु जहिले पनि परफ्युमको प्रयोग गर्छौ । झन् गर्मीको महिनामा पसिना धेर आउदा वा पसिना गनाउने मानिसहरुको लागि परफ्युम नभई हुदैन । पसिनाले गर्दा शरीरमा आउने गन्ध तथा पुराना र धुन नभ्याएका कपडाबाट आउने दुर्गन्धलाई कम गर्न अथवा अरुलाई आकर्षक गर्नका लागि परफ्युमको प्रयोग गरिन्छ ।

बजारमा विभिन्न ब्रान्डका बास्नादार परफ्युम तथा बडी स्प्रे सजिलै साथ उपलब्ध छन् । हामीहरुले परफ्युम तथा बडी स्प्रेलाई काखी, जिउ, नाडी, कान, गलामा छर्ने गर्छौं । यस्ता ठाउँमा लगाएको परफ्युम धेरैबेर बास्ना आउने धारणा हुन्छ । तर, परफ्युमलाई शरीरको जुनपायो त्यहि अंगमा लगाउनु हुदैन । यसले हाम्रो शरीरमा नकारात्मक असर ल्याउन सक्छ ।

परफ्युममा धेरै प्रकारको केमिकल राखेर बनाइएको हुन्छ । र, हाम्रो शरीरका विभिन्न अंगहरु निकै संवेदशील हुन्छ । शरीरका जुनै भागमा पनि परफ्युमको प्रयोग गर्नु घातक हुन सक्छ । हामीले कपालमा बिर्सेर पनि परफ्युमको प्रयोग गर्नु हुदैन । परफ्युममा धेरै मात्रामा अल्कोहलको प्रयोग भएको हुन्छ जसले गर्दा हाम्रो कपाल सुख्खा भएर टुक्रिएर झर्ने गर्छ ।

परफ्युमलाई कहिले पनि सिधै काखीमूनी प्रयोग गर्नुहुँदैन । काखीमूनी रहेको छाला एकदम संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने, पोल्ने हुनुका साथै उक्त ठाउँमा विभिन्न समस्या उत्पन्न हुने सम्भावना धेरै हुन्छ । काखीमा इन्फेक्सन भएर सानु सानु घाउ, खटिरा पनि आउन सक्छ ।

हामीले कहिले पनि हाम्रो प्राइभेट पार्टको छेउछाउ परफ्युमको प्रयोग गर्नु हुदैन । यसले विभिन्न समस्याहरु निम्तिन सक्छ । उक्त भागमा परफ्युम लगाउने गर्दा घर्षण हुने र चिलाउने समस्या हुन सक्छ । धेरै जसोले कानको पछाडि परफ्युमको प्रयोग गर्ने गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील र सुख्खा हुने भाग हो ।

परफ्युम सुख्खा भन्दा पनि चिल्लो छालामा धेरै बेर टिक्ने हुन्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले त्यस भागको छालालाई झनै धेरै सुख्खा बनाउने काम गर्छ । यदि कानको पछाडि परफ्युम लगाउदै हुनु हुन्छ भने त्यसअघि उक्त ठाउँमा मोस्चराइजरको प्रयोग गर्न सुरु गर्नुहोस् ।

यदि हामी कतै बाहिर जादा लगाउने कपडा गनाएको खण्डमा कपडामा परफ्युम लगाउँने त पक्कै गर्छौं । तर, यसरी कपडामा परफ्युमको प्रयोगले उक्त कपडामा खराबी आउने गर्छ र लुगा छिट्टै च्यातिने गर्छ । हामीले नादीमा परफ्युमको प्रयोग गर्न सक्छौं जसले गर्दा परफ्युम दिनभरी टिक्ने गर्छ ।

नुहाउने बित्तिकै शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यसले गर्दा परफ्युम लामो समय सम्म टिक्नुका साथ साथै यसरी प्रयोग गर्दा पसिना गन्हाउने समस्याको पनि समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गरेपछि मात्र परफ्युमको प्रयोग गर्नु पर्छ ।

प्रतिक्रिया

Loading...