fbpx

रबि लामिछानेमाथि लाग्यो गम्भीर आरोप !

काठमाडाैं  । समाजको विकृतिका विरुद्धमा आवाज उठाउँदै आएका पत्रकार रबि लामिछानेमाथि गम्भीर आरोप लागेको छ । काठमाडौ स्थित शिवशक्ति एग्रोमा मजदुरी गर्दै आएका आर्यन तामाङले लामिछानेमाथि भष्टाचारको आरोप लगाएका हुन् ।

न्युज ट्वानटीफोर टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गरेर चर्चा कमाएका लामिछानेले कालाबजारी भएको प्रमाण पेस गर्दा पनि राजस्व छलीकाे बिषयमा फलोअप नगरे तामाङले आरोप लगाएका छन् । कालोबजारीको प्रमाण पेस गर्दा लामिछानेकाे टिमले चासाे नदिएकाे र आफूले केसलाई अगाडी बढाउन खोज्दा पनि राेकेकाे   तामाङको गुनासो छ ।

राजस्व छलीकाे विषय थाहा पाएपछि लामिछानेको टिमले तामाङलाई कालोबजारी भएको प्रमाणहरु सङकलन लगाएका थिए । तर ३ वर्ष मेहनत गरेर प्रमाण जुटाएपनि लामिछानेले पछि फलोअप नगरेको  तामाङकाे  गुनासो छ ।

ठगीको प्रमाण सहित सरकारी निकाय पुग्दा कारबाही प्रकृया अघि  बढाउन ढिलासुस्ती गरेपछि तामाङ सिधा कुरा जनतासँग पुगेका थिए ।  केही समय पछि राजश्व अनुसन्धान विभाग काठमाडौंको टोलीले खाद्यन्न विक्री गर्ने लक्ष इन्टरप्राइजेज र निशान खाद्य स्टोरमा छापा मारेकाे थियाे । छापा मारेकाे भिडियो रिपोर्ट सिधा कुरा जनतासँगमा प्रशारण भएकाे थियाे ।  तर राजस्व छली गर्ने शिवएग्रो कम्पनीलगायत अन्यको विषयमा चासो नदिएको उनको भनाई छ ।

रबि लामिछानेले राजस्व छली गर्ने व्यापारीबाट फाइदा लिएर आफूलाई प्रशासन लगाएर धरपकट गर्न खोजेको तामाङको गुनासो छ । विभिन्न अन्तरवार्तामा कालोबजारी र राजस्व छलीको प्रमाणहरु प्रशस्त हुँदा पनि लामिछानेले चासो नदिएको उनको आरोप छ ।

यता रबि लामिछानेले आफुहरुमाथि लागेको आरोप झुटो भएको बताउँछन् । आर्यन तामाङको आरोपप्रति सिधा कुरा जनतासँग कार्यक्रममा स्पष्टीकरण दिएका लामिछानेले लक्ष इन्टप्राइजेज र निशान खाद्य स्टोरको विषयमा सिधा कुरा जनताको कार्यक्रममा प्रशारण भएपछि तामाङले आर्थिक बार्गेनीङ गरेको आरोप लगाएका छन् ।

लक्ष्य इन्टरप्राइजेजका सञ्चालक धिरज अग्रवालले तामाङ विरुद्ध प्रहरीमा उजुरी गरेका थिए । तामाङले फिरौती मागेर ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा उजुरी गरेको उनको दाबि थियो । अग्रवालको उजुरीपछि प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । उजुरी परेपछि अनुसन्धानकालागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको डिएसपी वालनरसिहं राणाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Loading...