fbpx

छालामा पाइने ब्याक्टेरीयाले जाेगाउँछ ‘भ्यागुता’

विराटनगर । संसारमा भ्यागुता धेरै प्रजातिका पाइन्छन् । पानी, जमिन र बोटबिरुमा बस्न रुचाउने भ्यागुताको छालामा बस्ने एक प्रकारकाे ब्याक्टेरियाले प्राणघातक रोगबाट जोगाउने अनुसन्धानले देखाएको छ ।

एक्सटर विश्वविद्यालय र जूअलोजिकल सोसाइटी अफ लन्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानले युरोपमा पाइने भ्यागुता ‘युरोपियन कमन फ्रग’ जस्ता प्रजातिलाई छालामा बस्ने ब्याक्टेरियाले भाइरस जन्य रोगबाट लोप हुने खतराबाट जोगाउन सक्नेछ ।

‘काइट्रिड फङ्गस’ ब्याक्टेरियाले विश्वभरिका भ्यागुतामा ढुसीका कारण लाग्ने अर्को घातक रोगबाट बचाउन सक्ने बैज्ञानिकहरुले पत्ता लगाएको बीबीसीले जनाएको छ ।

मौसम अनुसार हुने विभिन्न परिवर्तनका कारण भ्यागुता र अन्य उभयचरबढी प्रभावित हुन्छन् । झन्डै ४० प्रतिशत प्रजातिहरू सङ्क्रमण, वासस्थानको विनाश र जलवायु परिवर्तनजस्ता कारणले लोप हुने खतरामा परेको ब्रिटिस बैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ब्रिटिश वैज्ञानिकहरूले भ्यागुता कसरी र्‍यानभाइरसबाट जोगिन्छन् भनेर अध्ययन गरेका थिए । भाइरसका कारण यूकेका तलाउमा छोटो अवधिमा ठूलो सङ्ख्यामा भ्यागुताहरू मर्न सक्छन् ।

अध्ययनकर्ताहरूले विभिन्न क्षेत्रमा पाइने भ्यागुतामा रोगको प्रकोप र भ्यागुताको छालामा हुने ब्याक्टेरियाको संरचनाबीच बिचको तथ्य पत्ता लगाएका हुन् ।

एक्सटर विश्वविद्यालयका डा. लुइस क्याम्पबे अनुसार रोग लाग्ने र रोगमुक्त हुने भ्यागुता तथा छालामा हुने ब्याक्टेरियाको मिश्रणबीच सहसम्बन्ध छ भन्ने यसले देखाउँछ।

अनुसन्धानले पत्ता लगाएको कुराले भ्यागुताहरूलाई भाइरसको सङ्क्रमणबाट जोगाउन सहयोग पुग्ने अनुसन्धानकर्ताको अपेक्षा छ।
अनुसन्धानकर्ताहरूले भ्यागुतालाई लाभ पुर्‍याउने भन्ठानिएका ब्याक्टेरियाको मिश्रण विकसित गरिरहेका छन् । बीबीसीको सहयोगमा

प्रतिक्रिया

Loading...