fbpx

चिनियाँ कम्पनीले बनाउँदै गरेको भवन भत्कदा कम्बोडियामा १५ जनाको मृत्यु

विराटनगर । कम्बोडियामा चिनियाँ कम्पनीले निर्माण गरिरहेकाे साततले भवन भत्किँदा कम्तीमा १५ जना कामदारकाे मृत्यु भएको छ । घटनामा केही व्यक्तिहरु हराइरहेका छन् । तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा कम्तीमा २४ जना घाइते बीबीसीले जनाएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ।

केही वर्षयता चिनियाँ होटल र क्यासिनोहरूको निर्माणका कारण सिहानुकभिलको रूप फेरिएको छ। भवन भत्किएपछि सो भवनका मालिक, निर्माण कम्पनीका प्रमुख र ठेकेदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा मृत्यु हुनेमा केही व्यक्ति कम्बोडियाली नागरिक छन् । उद्धारकार्यमा झन्डै एक हजार व्यक्ति खटिएका छन्। उद्धारकर्मीहरूले स्टीलको संरचना काटेर भग्नावशेष हटाउन खोजिरहेका छन् ।

प्रतिक्रिया

Loading...