fbpx

उत्तर कोरियाली नेता किमलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चिठी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाली नेता किम जङ अनले पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

पत्र पाएपछि किमले पत्रलाई गजबको भन्दै प्रशंसा गरेको छन् । पत्रमा चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेको समाचारसंस्था केसीएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । पत्र पाएपछि किमले ट्रम्पको असाधारण साहस भन्दै प्रशंसा गरेका छन् ।

जुन महिनाको प्रारम्भमा ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई चिठी पठाएकाले त्यसको जवाफ फर्काएको बताउका छन् । ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाए भन्ने खुलासा गरिएको छैन।

गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध छ । केही दिन अघि चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि सार्बजनिक भएको पत्रलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Loading...