fbpx

योग दिवसमा भारतीय प्रधानमन्त्री माेदीको यस्तो पोज (फोटो फिचर)

विराटनगर । आज पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस । हरेक वर्ष जुन २१ तारिखमा विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । याेग दिवस मनाउने सुरूवात भने भारतबाट भएकाे थियाे । जसकाे नेतृत्व प्रधानमन्त्री नरेन्द्र माेदीले गरेका थिए ।

योग दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योग अभ्यास गरेको तस्बीर सामाजिक सञ्जालमा सार्बजनिक  गरेका  छन् । योग दिवस मनाउन झारखण्ड पुगेका मोदीले ठूलो समुहमा सँगै बसेर योग अभ्यास गरेको फोटो सार्बजनिक गरेका हुन् ।

भारतका प्रधानमन्त्री मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिकलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । योगलाई शताब्दी विकासको सुचकाङ्क समेत मानिएकाे छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रस्ताव गरेपछि अन्तराष्ट्रिय रुपमा योग दिवस मनाउन सुरु गरिएको हो ।

शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । योगले आत्मालाई परामात्मासित जोड्ने जनबिश्वास गरिन्छ । संसारभर याेग सम्बन्धी जागरण फैल्याउने काम पतन्जली याेग पीठले गरेकाे थियाे  ।

प्रतिक्रिया

Loading...