fbpx

चाहिने भन्दा बढी पानी पिउँदा पनि हाम्रो स्वास्थ्यमा हानी

विराटनगर ।

गर्मी अत्यधिक छ । यो समयमा तपाईले टाउको दुख्यो भन्नुहोस् वा पेट दुख्यो भन्नुहोस् एउटा सल्लाह अवस्य पाउनु हुने छ, पानी पिउनुहोस् भन्ने ।  पानीलाई जीवनको श्रोत मानिन्छ । यो हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ हो ।

हरेक जीवित व्यक्ति, जनावर, रुखबिरुवा, किरा फट्यांग्रालाई बाच्नको लागि पानीको आवश्यक हुन्छ । हाम्रो शरीरमा पानीको मात्रा पुगेन भने हामीलाई धेरै समस्याहरुले सताउने गर्छ ।

हामीले दैनिक पिउने पानीको मात्रा तौल, जीवनशैली र मौसम अनुसार फरक पर्न सक्छ । शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्नेहरुले भन्दा शारीरिक श्रम पर्ने व्यक्तिहरुले धेरै पानी पिउनु पर्छ । शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूलाई धेरै पानीको आवश्यक पर्छ ।

तर, शरीरको मागभन्दा कम पानी पिउँदा असर भए जस्तै शरीरलाई चाहिने भन्दा बढी पानी पिउँदा पनि हाम्रो स्वास्थ्यमा हानी पुग्न सक्छ । धेरै पानी पिउदा धेरै पटक टोइलेट जानु त सामान्य हो । तर, थोरै समयमा धेरै पानी पिउने गरेमा हाम्रो रगतमा भएको नुनको स्तर निकै कम भएर जान्छ ।

यसरी छिन छिनमा धेरै पानी पिए वाक वाकी हुने, बान्ता हुने, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई निम्त्याउँछ । यसले मानिसहरुमा वाटर इन्टाक्सिकेसनको लक्षण देखियो, यो धेरै पानी पिएर हुने समस्या मध्ये एक हो । यसले गर्दा हाम्रो मिर्गौलामा असर पर्न सक्छ ।

रगतमा नुनको अवस्था असामान्य रूपमा कम भएका बिरामीमध्ये लगभग ३० प्रतिशतको अचानक मृत्यु हुने पाइएको छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउने गर्नु पर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि एकदम लाभदायिक हुन्छ ।

चिकित्सकहरुका अनुसार मान्छेले दैनिक ७ देखि ८ ग्लास पानी पिउनु पर्याप्त हुने देखिएको छ ।

प्रतिक्रिया

three × 3 =

Loading...