fbpx

उद्योगीले मानमर्दन गरेको पत्रकारको आरोप, उद्योगी भन्छन् ‘मैले बोलेकै छैन्’

विराटनगर ।
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले ‘जाँड नखुवाइ पत्रकारले समाचार लेख्न छोडे’ भन्ने अभिव्यक्ति दिएको भन्दै स्वतन्त्र पत्रकार, नेपालले विज्ञप्ती जारी गर्दै भ्रम श्रृजना गरेको भन्दै दुख व्यक्त गरेको छ ।


संघले यो विषयमा गम्भिर ध्यानाकर्षण भएको भन्दै कसले कहिले मादक पदार्थ सेवन गर्न नपाएर समाचार नलेखेको भन्ने विषय खुलाउन समेत माग गरेको छ । केही दिन अघि एक विद्यालयको पोशाक वितरण कार्यक्रममा अध्यक्ष घिमिरेले ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छोडे’ भन्ने आशयको अभिव्यक्ति दिएको विज्ञप्तीमा उल्लेख छ ।

यो विषयमा संगठनको आधिकारीक धारणा आउनु पर्ने स्वतन्त्र पत्रपकार संघ, नेपालका मोरङ अध्यक्ष विजय खतिवडाले हस्तारक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच उद्योग संगठन मोरङले समेत विज्ञप्ती जारी गर्दै होच्याउने गरि अभिव्यक्ति नदिएको स्पष्ट परेको छ । अध्यक्ष भिम घिमिरेले होच्याउने, निन्दा गर्ने वा आरोप लगाउने गरि अभिव्यक्ति नदिएको संगठनका महानिर्देशक नवराज कोइरालाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

four × 2 =

Loading...