fbpx

आफ्नो पहिरन विवाद बारे जवाफ दिन जरुरी ठान्दिनन् वर्षा

विराटनगर ।
चर्चित अभिनेत्री वर्षा राउत आफ्नो पहिरनको कारण ट्रोलको सिकार बनेकी थिइन् । केहि दिन अगाडी अस्ट्रेलियाको सिड्नीमा आयोजित फिल्म ‘जात्रै जात्रा’ को प्रिमियर सो मा लगाएको पहिरनका कारणले गर्दा वर्षा ट्रोलको सिकार भएकी हुन् ।

उनले आफ्नो घाँटीको भाग अलि धेरै खुलेको सेतो र कालो रंगको लामो गाउन लगाएको तस्विर सार्वजनिक भए संगै उनको यस पहिरनलाई लिएर मानिसहरुले नराम्रो प्रक्रियाका साथै थुप्रै ट्रोलहरु समेत बनाएका छन् । विवाहपछि पहिलो पटक यसरी खुलेको पहिरनका कारण पहिलो पटक वर्षा यसरी सामाजिक संजालमा भाइरल भइन् ।

यस बिषयले उनको वास्तविक जीवनमा निकै असर परेको छ । यस कुरालाई लिएर उनका पति संजोग कोइरालाले भने औपचारिक फेसबुकमा फोटो सहित क्याप्सन लेखेर आफ्नो प्रतिक्रिया जनाएका थिए । ‘जात्रै जात्रा’ टिमका साथ साथै केही सेलिब्रेटीले पनि वर्षालाई हौसला दिँदै स्टाटस लेखेर सपोर्ट गरेका थिए ।

मंगलबार राजधानीमा आयोजना भएको फिल्म ‘जात्रै जात्रा’ को स्पेशल शोमा वर्षाले आफूलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिँदै यस बारेमा केहि पनि जवाफ दिन जरुरी नभएको बताएकी छिन् । आफूलाई मन परेको पहिरन लगाउन पाउने स्वतन्त्रता सबैमा हुन्छ भनेर उनले थपिन् ।

आफु त्यस पहिरनमा कन्फटेबल भएको र उनका मेरो वरिपरि भएका मानिसहरुलाई, उनका परिवार तथा माया गर्ने दर्शकहरुलाई केही समस्या नभएको भन्दै यस बिषयमा जवाफ दिन आवश्यक नरहेको उनि बताउँछिन् । आफूलाई जे मन लाग्छ त्यो लगाउनुस् र दुनियाँको कुरा नसुन्न वर्षाले आग्रह गरिन् ।

Loading...