fbpx

एकै दिनमा सुनमा बढ्यो हजार रुपैयाँ

काठमाडौं ।

सुनको मुल्य एकै दिनमा हजार रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन अहिलेसम्म्कै महंगो हुदै ६४ हजार रुपैयाँ पुगेको हो ।

बुधबारसम्म ६३ हजार रुपैयाँ तोलामा किनबेच भइरहेको सुनको मुल्यमा एकै दिनमा तोलामा हजार रुपैयाँ बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च हो । मुल्य बढेपछि आज सुनको किनबेच अति कम भएको छ ।

सरकारले बजेटमा सुनको भन्सार प्रतितोला एक हजार रुपैयाँले बढाउने निर्णय गरेपछि प्रतितोला ५९ हजार रहेको सुनको मूल्य ६० हजार पुगेको थियो ।
इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्धलगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो ।

विबाह तथा चाडपर्व नजिकिएको बेला सुनको मुल्य बढेपछि सर्वसाधारणलाई भने प्रभावित पार्ने भएको छ । नेपालमा दैनिक १० किलो देखि ४० किलोसम्म सुनको किनबेच हुने गरेको छ । ।

प्रतिक्रिया

Loading...