fbpx

युभेन्टसका प्रशिक्षक सारीले भने – रोनाल्डोलाई नयाँ रेकर्ड बनाउन मद्दत गर्छु’

एजेन्सी । इंग्लिस क्लब  चेल्सीबाट इटालियन क्लब युभेन्टस गएका प्रशिक्षक माउजिरियो सारीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई नयाँ  रेकर्डहरु बनाउन मद्दत गर्ने बताएका छन् । नवनियुक्त प्रशिक्षक सारीले रोनाल्डोसँग काम गर्न पाउँदा उत्साहित भएको बताउँदै  नयाँ रेकर्ड बनाउन मद्दत गर्ने बताएका हुन् ।

गत सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले सन् २०१८–१९ काे सिजन युभेन्टसलाई सिरी ए र इटालियन सुपरकप जिताएका  थिए ।

यसै सिजन पाेर्चुगलाई युराेपियन नेशन्स लिगकाे उपाधि जिताएका रोनाल्डो विश्वकै सफल खेलाडी भएकाे बताउँदै  सारीले राेनाल्डाेसँग काम गर्न पाउँदा  उत्साहित भएकाे बताए ।

फुटबलमा थुपै कीर्तिमान कायम गरेका राेनाल्डाेलाई थप किर्तीमान बनाउँन सक्दो सहयोग गर्ने सारीले बताए  । ‘ मैले चेल्सीमा धेरै राम्रा खेलाडीलाई सिकाए ।’ उनले भनेका छन् ‘ रोनाल्डोलाई कोच गर्न पाउनु भनेको मेरो करियरले नयाँ उचाइ पाउनु हो ।’

मासमिलियानाे एलेग्रीले प्रशिक्षकबाट राजिनामा दिएपछि युभेन्टसले सन् २०२२ सम्मकालागि सारीलाई नियुक्त गरेकाे छ । क्लबकाे पहिलाे पत्रकार सम्मेलनमा बाेल्दै सारीले आफूसँग राम्राे गरेर देखाउने चुनौतीपनि रहेको बताए । आफ्नाे कार्यकालमा युभेन्टसलाई थप उचाईमा पूर्‍याउने लक्ष्य रहेको उनले बताए ।

इटालियन क्लब नापोलीबाट चेल्सी पुगेका प्रशिक्षक सारीले चेल्सीलाई युरोपा लिग जिताएका थिए ।

प्रतिक्रिया

20 + twelve =

Loading...