fbpx

नेइमार बेच्न पीएसजीको तीनसय मिलियन युरो डिमाण्ड

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले स्टार खेलाडी नेइमारलाई बिक्री गर्न ३०० मिलियन युरो माग गरेको छ । नेइमारलाई बार्सिलोनाले भित्र्याउन खोजिरहेको छ । केही दिन अघि उचित मुल्य पाए नेइमारलाई बिक्री गर्ने बताएको पीएसजीले बार्सिलोनाबाट अनाैपचारिक प्रस्ताव आएपछि ३०० मिलियन युरो माग गरेको हो ।

नेइमार सन २०१७ मा २२२ मिलियन युराेमा बार्सिलोनाबाट पीएसजी गएका थिए । तर एक सिजनपछि पून नेइमारलाई फर्काउन चाहेको बार्सिलोनाकालागि पिएसजीले ३०० करोड माग गरेको हो । जुन  रकम  सन् २०१७ मा पीएसजीले नेइमारलाइ लैजान खर्च गरेकाे रकम भन्दा ७८ मिलियन युराे बढी हाे ।

नेइमारलाई अनुबन्ध गर्न लागिपरेको बार्सिलोनाले नेइमार फर्काउँदा खेलाडी उस्मान डेम्बेले, इभान राकाटिक र सामुइल उम्टिटी मध्ये एक खेलाडी दिएर १०० मिलियिन युरो दिने प्रस्ताव गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार पिएसजीले ३०० मिलियन युरो पाए मात्र नेमारलाई रिलिज गर्ने बताउँदै आएको छ ।

Loading...