fbpx

सर्लाहीमा विप्लव समुह र प्रहरीबीच गोली हानाहान, विप्लव समुहका जिल्ला इञ्चार्ज मारिए

काठमाडौं । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । बिहिवार दिउँसो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विप्लव समुहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पाैडेल  रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विश्वराज पोखरेलले दोहोरो भिडन्त हुँदा विप्लव समुहका जिल्ला नेता मारिएको पुष्टी गरे । लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको थियो ।

मोटरसाइकलमा आएका विप्लव समुहका कार्यकर्ताकाे पिछा गरेकाे प्रहरी टाेलीमाथि गाेली प्रहार भएपछि जवाही  फायरिङ गरेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ । अन्य तीन जना भने फरार छन् ।

घटना स्थलबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको छ ।

प्रतिक्रिया

five × 1 =

Loading...