fbpx

विश्वकप क्रिकेट : टस जितेर ब्याटिङ गर्दै अष्ट्रेलिया

एजेन्सी । आइसीसी विश्वकप क्रिकेटमा बंगलादेश  विरूद्धकाे खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ सुरू गरेकाे छ । इंग्ल्याण्डमा जारी प्रतियोगितामा टस जितेर अष्ट्रियाले ब्याटिङ सुरु गरेको हाे । आरोन फिन्च र डेभिट वार्नल ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्याण्ड र इंग्ल्यान्डसँग पराजित भएको बंगलादेश तेस्रो जितको खोजीमा छ ।
अष्ट्रेलिया पाँचौ जितको खोजीमा छ । अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग पराजित भएको थियो ।

आरोन फिन्चको कप्तानिमा मैदान उत्रने अष्ट्रेलियाको टोलीमा स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा छन् ।

मश्रफे मोरटजाको कप्तानीमा मैदान उत्रने बंगलादेशको टोलीमा अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल छन् ।

Loading...