fbpx

कोपा अमेरिका : उरुग्वेकाे सामना गर्दै जापान

दाेस्राे चरण प्रवेशकाे सम्भावना जिवित राख्ना जित्नै पर्ने दबावमा जापान

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल २०१९ मा जापानले बलियो टोली उरुग्वेकाे सामना गर्दैछ । पहिलो खेलमा साबिक बिजेता चिलीसँग ४–० ले पराजित भएको जापान शुक्रवार बिहान उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा इक्वेडरलाई पराजित गरेको उरुग्वे दोस्रो खेलमा स्पष्ट जित हासिल गर्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्न चाहान्छ । शुक्रवार बिहान ४:४५ मा मैदान उत्रदा जापानलाई दोस्रो चरण प्रवेशको सम्भावना जिवित राख्न जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा ४–० ले पराजित भएकाे जापान  समुह ‘सी’ को पुछारमा छ । समुह चरणको शीर्ष स्थानमा साबिक बिजेता चिली छ । दोस्रो स्थानमा उरुग्वे छ भने तेस्रो स्थानमा इक्वेडर छन् ।

प्रतिक्रिया

fourteen − 2 =

Loading...