fbpx

महिला विश्वकप : इंग्ल्याण्डसँग जापान पराजित हुँदा अर्जेन्टिनाले स्कटल्याण्डको बरावरीमा राेक्याे

एजेन्सी । फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्याण्डले जापानलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले २–० गोल अन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जितमा इलेन ह्वाइटले २ गोल गरिन् । पहिलो हाफको १४ औं मिनेटमा पहिलो गोल गरेकी इलेनले दोस्रो हाफको ८४ औं मिनेटमा दोस्रो गोल गर्दै जित दिलाइन् ।

महिला विश्वकपमा बिहिवार बिहान भएको अर्काे खेलमा स्कटल्याण्डलाई अर्जेन्टिनाले बरावरीमा रोकेको छ । खेलको सुरुवाती अग्रता स्कटल्याण्डले लिएको थियो । १९ औं मिनेटमा किम लिटलले गोल स्कटल्याण्डलाई अग्रता दिलाइन् ।

पहिलो हाफ १–० ले अघि रहेको स्कटल्याण्डले दोस्रो हाफको ४९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । जुनिफर बिटेलको गोलमा अग्रता दोब्बर बनाएको स्कटल्याण्डकालागि ६९ औं मिनेटमा इलिन कथवेकले तेस्रो गोल गरिन् ।

खेलको नतिजा लगभग आफ्नो पक्षमा पारेको स्कटल्याण्डलाई रोक्ने क्रममा अर्जेन्टिनाले पाँच मिनेको अन्तरमा दुई गोल गर्याे । मिलागोरस मेनेन्डासले ७४ औं मिनेटमा एक गोल गरिन् । ७९ औं मिनेटमा लि अलेकजेन्डले दोस्रो गोल गरिन् ।

अन्तिम समयमा फोरेन्सियाले पेनाल्टी मार्फत गोल गर्दै वराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटको खेलकाे अतिरिक्त चौथो मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेरेन्सियाले अर्जेन्टिनालाई बरावरीमा ल्याएकी हुन् ।

तीन खेल मध्ये १ खेलमा पराजित र २ खेल बरावरी खेलेको अर्जेन्टिना समुह ‘डी’ को तेस्रो स्थानमा छ । तीन खेलमा जीत निकालेको इंग्ल्याण्ड ९ अंक सहित पहिलो स्थानमा छ । एक खेलमा जीत एक खेलमा हार र एक खेल बरावरी खेलेको जापान ४ अंक सहित दोस्रो स्थानमा छ । ३ खेलमा २ हार र १ वराबरी खेलेको स्कटल्याण्ड पुछारमा छ ।

Loading...