fbpx

पल पोग्बाको इच्छा रियल होइन् रोनाल्डोको टोली युभेन्टस !

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेजिन जिदानले अनुबन्ध गर्न चाहेका पहिलो प्रथमिकताका खेलाडी हुन पल पोग्बा । जिदानले इडेन हाजार्ड, लुका जाेभिचलाई क्लबमा अनुबन्ध गर्नु अघि नै पाेग्बालाई ल्याउन चाहेका थिए । म्यान्चेस्टार युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर पोग्बाले पनि केही समय अघि रियल मड्रिड जान सक्ने बताएका थिए । तर पछिल्लो समय पाेग्बाको चाहाना फेरिएको छ ।

जिदानले भित्र्याउन पहल गरिरहेको अवस्थामा पोग्बाले रियल नभई क्रिस्टियानो रोनाल्डोको कप्तारीमा रहेको टोली युभेन्टस जाने इच्छा व्यक्त गरेका छन् । सन् २०१२ देखि २०१६ सम्म इटालियन क्लब युभेन्टसबाट खेलेका पोग्बा २०१६  यता म्यान्चेस्टार युनाइटेडमा छन् ।

गत सिजन रियल मड्रिडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि पोग्बाले आफूलाई फेरी युभेन्टसको जर्सी लगाउने इच्छा भएको बताएका छन् । स्काई स्पोर्टसँगको अन्तरवार्तामा उनले युभेन्टस गएर रोनाल्डोसँग खेल्ने रहर रहेको बताए ।

सन २०१२ देखि ४ वर्ष युभेन्टसमा रहेका फ्रान्सेली खेलाडी पोग्बाले १२४ खेलमा २८ गोल गरेका छन् । १०५ मिलियन युरोमा म्यान्चेस्टर युनाइटेड आएका पोग्बाले ९२ खेल खेल्दा २४ गोल गरेका छन् ।

Loading...