fbpx

थाहै नपाई मोवाइलले गर्छ यस्तो असर, बच्न के गर्ने ?

विराटनगर ।
एक्काइसौँ सताब्दीमा प्रविधिको विकाससँगै मान्छेहरुको आर्दश, दैनिकी तथा स्वभावमा निकै परिर्वतन आएको छ । नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीव्र गतिमा भइरहँदा हामीहरुलाई निकै सजिलो भएको छ । सबैको हात हातमा हुने मोबाइल फोन हाम्रो जीवनको महत्वपुर्ण अंग नै बनेको छ ।

फोटो खिच्न, गेम्स खेल्न, इन्टरनेट, भिडियो हेर्न मोबाइलबाट गर्न सकिने भएकै कारणले यसको प्रयोग झन बढेको छ । तर, हरेक कुराको फाइदासंग संगै बेफाइदाहरु पनि हुने गर्दछन् । मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने वेला चुम्बकीय क्षेत्र बनाउँछ र उक्त चुम्बकीय क्षेत्रले मानिसलाई असर पुर्याउने गर्छ ।

विभिन्न अनुसन्धानका अनुसार मोबाइल फोनमा दुई मिनेट मात्र गरेको कुराकानीले पनि हाम्रो मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्याउने गर्छ । यसले गर्दा अल्जाइमर, पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोग, डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति सम्ममा पुर्याउने गरेको पाइएको छ ।

यसले हाम्रो शरीरको मिनरल, हरमोन, क्याल्सियम आदी तत्वमा असन्तुलन बनाएर हाम्रो शरीरमा निकै असर गर्ने पाइएको छ । साना साना कुराका लागि, मनोरञ्जनका लागि, समय कटाउनको लागि, मोबाइलको बढी प्रयोग गरेमा हाम्रो स्वास्थ्यलाई निकै हानी पुर्याई रहेको हुन्छ ।

यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाएर कमजोरी, आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, थायराइडको समस्या, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, तनाब, मोटोपन, मस्तिष्कको ट्युमर तथा क्यान्सर आदी जस्ता गम्भीर रोग लाग्न सक्दछ ।

हामीले मोबाइलले फ्याक्ने चुम्बकीय क्षेत्रबाट बच्नु पर्छ । यसका लागि हामीले मोबाइल भन्दा पनि ल्यान्डलाइन फोनको प्रयोग बढी गर्ने, सकेसम्म मोबाइलमा कुरा गर्दा ह्यान्ड्स फ्री गरेर कुरा गर्ने, कुरा गर्दा ब्लुटुथ हेडसेटको प्रयोग नगर्ने तथा हामीले अत्यन्त जरुरी फोनबाहेक धेरै बेरसम्म कुरा गर्नु हुदैन ।

मोटर, गाडी चलाईरहेको बेला वा चलिरहेको भित्र बसेर फोनमा कुरा गर्नु हुदैन । मोबाइललाई सुत्ने वेलामा खाटमा, सिरानी मुनि अथवा आफूसँगै राख्नु हुदैन । यसका साथै बाहिर निस्किने बेलामा मुटुको छेउ भएको सर्तको गोजीमा नराखी पाइन्टको गोजीमा राख्ने गर्नु पर्छ । मोबाइलले हामीलाई थाहा नपाउने गरी असर पुर्‍याइरहेको हुन्छ ।

प्रतिक्रिया

Loading...