fbpx

डेङ्गु के हो ?

कृतिशा काफ्ले

विगत केहि दिनदेखि चर्चामा आएको महामारी “डेङ्गु” जसले जनमानसमा डर र त्रासको श्रृजना गरेको छ । धरानबाट फैलिएको यो महामारी, अहिले मोरङ्गको विराटनगर लगायत पुर्वीक्षेत्रमा पनि यसको संक्रमण देखा परेको छ ।

यतिको महामारी फैलिदाँ पनि के हामी सबैलाई थाहा छ त ?डेङ्गुभनेको के हो र यो कसरी सर्छ? डेङ्गुको विषयमा विराटनगर लगायतका सहरी क्षेत्रमाजनचेतना भएपनि माध्यमिक तह अध्ययनरत विद्यार्थीहरुमा डेङ्गु सम्बन्धि शिक्षाको अभाव रहेको छ । अझ उनिहरुले त डेङ्गुको नाम पनि सुनेका रहेनछन्भन्ने कुरा हिजो मैले थाहा पाए । त्यसैले यो लेखमार्फत जनमानसका जिज्ञासाहरु मेटाउन चाहे ।

डेङ्गु भनेको के हो ? डेङ्गु भनेको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने एक प्रकारको भाईरल ज्वरो हो । खासगरी फिमेल एनोफेलिज लामखुट्टेको टोकाईबाट संक्रमित भएर डेङ्गु रोग लाग्ने गर्छ । विशेष गरी समुन्द्री सतह भएका देशहरु तिर यो रोगको प्रकोप धेरै देखिने गर्छ ।

डेङ्गु कसरी सर्छ ? जब डेङ्गु संक्रमित लामखुट्टेले एउटा स्वस्थ्य व्यक्तीलाई टोक्छ त्यही टोकेको ठाउँबाट मानिसको शरीरभित्र प्रवेश गर्दछ । त्यसपछि रगतमा पाईने सेतो रक्तकोष (WBC) भित्र प्रवेश गर्छ र मानिसमा विभिन्न खालका लक्षणहरु देखा पर्छन्। डेङ्गुका लक्षणहरु डेङ्गु संक्रमित व्यक्तिहरुलाई विभिन्न लक्षणहरु देखापर्छन्

जस्तैः

  •  ज्वरो आउने
  •  टाउको दुख्ने
  •  वाकवाकी आउने
  •  वान्ता हुने
  •  आँखा रसाउने जस्ता लक्षणहरु शुरुमा देखा पर्छन्

डेङ्गुको संक्रमण फैलिदै गएपछि थप लक्षणहरु देखा पर्छन् । जस्तै :

  • डावरहरु आउने
  •  मुख गिजाबाट रगत आउने
  •  रक्क्तचाप कम हुने
  •  हृदयगती कम हुने जस्ता लक्षणहरु देखा पर्छन्।

खासगरी मधुमेह, दम भएका व्यक्तिहरु र बच्चाहरुमा डेङ्गुको जोखिम धेरै हुन्छ । डेङ्गुका बिरामीहरुको रगतमा प्लेटिलेट नामक कोषको कमि हुने गर्छ । डेङ्गु भाईरल रोग भएको कारणले गर्दा यसको खासै उपचार छैन ।

सामान्य किसिमको डेङ्गु १ हप्ताभित्रमा निको हुने गर्छ भने कतिपय ठाउँमा बिरामीको स्वास्थ्य अवस्था हेरी चिकित्सकको सल्लाह अनुसार उपचार गरिन्छ । एक व्यक्तीबाट अर्को व्यक्तीमा लामखुट्टेको टोकाइबाट लाग्ने भएकोले गर्दा नै लामखुट्टेको नियन्त्रण गर्न विषादी प्रयोग गरिन्छ ।

यसको नियन्त्रणको लागि पनि विराटनगर महानगरपालिकाले जनशक्ति परिचालन गरी विराटनगर स्थित वडाहरुमा मालाथिएन फग्गी स्प्रे गरिएको छ । शिक्षक र विद्यर्थीहरु परिचालन गरी जनमानसमा जनचेतना फैलाउने काम पनि तिव्र रुपमा अघि बढेको छ । विभिन्न सामाजिक संस्थाहरुले पनि डेङ्गु नियन्त्रणका लागि पिछडिएका समुदायमा गई जनचेतना फैलाउने काम अघि बढाई रहेका छनर सबैमा आ–आफनो क्षेत्रबाट सुरक्षिट रहन पनि आवश्यक देखिन्छ।

डेंगु ज्वरोबाट बच्ने उपायहरू

  •  बसोबास गर्ने ठाउँ वरपर फालिएका पानी जम्न सक्ने सामान जस्तै पुराना टायर, टुटेफुटेका बोतलहरू र कपहरूमा पानी जम्न नदिने ।
  •  पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने वा मट्टीतेल छर्कने ।
  • खानेपानीको ट्यङ्कीलाई हरेक हप्ता खाली गरेर सफा गर्ने र लामखुट्टे प्रवेश गर्न नदिने ।
  •  गमलामा भएको पानी सुक्न दिने वा हप्तामा दुई पटक फेर्ने वा मट्टीतेल छर्किने ।
  •  कुलरमा जम्मा भएको पानी प्रत्येक २/४ दिनमा फेर्ने र हरेक २ दिनमा मट्टीतेल छर्किने ।
  •  लाम्खुट्टेको टोकाईबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने र लाम्खुट्टेको टोकाईबाट बच्ने मलाम लगाउने ।
  • सुत्दा झुल प्रयोग गर्ने ।
  •  घर वरीपरीको वातावरण सफा राख्ने ।

काफ्ले जनस्वास्थ्य विषयमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया

Loading...