fbpx

 द लायन किङमा शाहरुख र आर्यनको अवाज

विराटनगर । ‘द लायन किङ’ हिन्दी  चलचित्र रिलिज हुने तयारीमा छ । फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा भैसकेको छ । डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधी मार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज  गर्न लागेकाे हाे ।

फिल्म ‘जंगल बुक’को निर्देशक र मार्वलको फिल्म ‘आयरन म्यान’को मुख्य भूमिका निभाएका अभिनेता जॉन फाव्रोले यस फिल्मलाई निर्देशन गरेका छन् । फिल्मको पोस्टर र ट्रेलर सार्वजनिक भइसकेका छन् । सार्वजनिक भएको ट्रेलरबाट ठूलो खुलासा भएको छ ।

फिल्ममा बलिउड चर्चित अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानले आफ्नो अवाज दिएका छन् । दर्शकहरुले हलिउडको ठूला प्रोजेक्ट मार्फत आर्यनको अभिनय भन्दा अघि उनको आवाज सुन्न पाउने भएका छन् ।

आर्यन र शाहरुख खानले अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किङ’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिएका हुन् । फिल्मका मुख्य भूमिका सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिएकाे बताइएकाे छ।  जसकाे पुष्टी प्रडक्सन हाउस आफैले गरेकाे छ । शाहरुखले पनि आफ्नो इन्स्टाग्राम मार्फत यो खबर पक्का रहेको आफ्नो फ्यानहरुसँग  सेयर गरेका छन् । फिल्म ‘द लायन किङ’ को हिन्दी संस्करण जुलाई १९ मा प्रदर्शनमा आउने छ ।

बाबु छोराले संगै काम गरेको यो पहिलो पटक भने होइन् । यस अघि सन् २००४ मा शाहरुख र आर्यनले हलिउड एनिमेटेड फिल्म ‘द इनक्रेडिबल्स’मा आफ्नो आवाज दिसकेका छन् । यस फिल्मको हिन्दी संस्करणमा शाहरुखले मिस्टर इनक्रेडिबल र आर्यनले उनको छोरा डैशको भूमिकामा अवाज दिएका थिए ।

यति मात्र नभएर सन् २००३ मा निर्देशक करण जौहर को फिल्म ‘कभी खुशी कभी गम’ मा शाहरुख र आर्यनले एकसाथ सँगै काम गरेका थिए । यस फिल्ममा आर्यनले शाहरुख बच्चा हुँदाको भूमिका निभाएका थिए ।

प्रतिक्रिया

five × 1 =

Loading...