fbpx

उद्योग संगठन र व्यापार संघबीच एकिकरणको प्रस्ताव

संगठनका अध्यक्ष घिमिरेको प्रस्तावमा संघका अध्यक्ष सकरात्मक

विराटनगर ।

उद्योग संगठन मोरङले मोरङ व्यापार संघको नवनिर्वाचित ३२ औं कार्यकारिणी समितिलाई स्वागत तथा सम्मान गरेको छ । मंगलबार संगठनको सचिवालयमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचितहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

नवनिर्वाचित कार्यकारिणी समितिलाई स्वागत तथा सम्मान गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले दुवै संस्थाको सहकार्यमा उद्योग÷व्यवसाय क्षेत्रको हक र हितका लागि उपलब्धिमूलक कार्यहरु भएको स्मरण गरे ।

उनले वर्गीय हितका लागि दुवै संस्थाको एकिकरण गर्नु पर्ने प्रस्ताव मोरङ व्यापार संघको नवनिर्वाचित कार्यकारिणी समितिसंग राखेका छन् । उनले व्यवसायीक हितका लागि दुवै संस्था एक हुन सके आर्थिक एवं औद्योगिक विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।

संगठनका अध्यक्ष घिमिरेले विगतमा संगठन र संघ संयूक्त रुपमा उठाएका विषयहरुले राष्ट्रिय महत्व राखी उद्योग/व्यवसाय क्षेत्रको हितका लागि राज्यको ध्यानआकृष्ट भएको हु“दा आगामी दिनमा पनि दुवै संस्थाले हातेमालो गरी अघि वढने प्रतिवद्धता व्यक्त गरे ।

मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडाले दुवै संस्थाको शक्ति एकिकरणमा भएको विगतमा संयूक्त रुपमा भएका कार्यक्रमहरुले पुष्टि गरिसकेको वताए । उनले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको उद्देश्य एकै भएकाले संस्थावीचको मर्यादालाई उच्च प्राथमिकता दिई अघि वढ्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया

Loading...