fbpx

झण्डै २० वर्ष पछि ‘ग्लाडिएटर–२’ निर्माण हुने

विराटनगर ।
हलिउड फिल्म ‘ग्लाडिएटर’को सिक्वेलको रुपमा ‘ग्लाडिएटर–२’ निर्माण हुने भएको छ । सन् २०१८ मा नै यस फिल्मको सिक्वेल निर्माण घोषणा गरिएको भए पनि यस फिल्मका निर्माताहरु अन्य अरु प्रोजेक्टमा ब्यस्त भएका कारण यस फिल्मको काम रोकिएको बताइएको थियो ।

‘ग्लाडिएटर’ सन् २००० मा रिड्ली स्कटद्वारा निर्देशित एक सुपरहिट फिल्म हो । एउटा अन्तर्वार्तामा फिल्मका निर्माण टिमले फिल्मका निर्देशक रिड्ली स्कटसित यस फिल्मबारेमा कुुरा भएको बताएका छन् । ब्लकबस्टर रहेको फिल्म ‘ग्लाडिएटर’ले बेस्ट एक्टर र अन्य विधामा गरी पाँचवटा ओस्कार अवार्ड समेत जितेको थियो । फिल्मका कलाकारहरु दोहोरिन सक्ने फिल्मका निर्माताहरुले बताएका छन् ।

लुसिअसको कथामा नै आधारित रहेर ‘ग्लाडिएटर–२’ निर्माण हुने भएको छ । पहिलो पार्टले निकै सफलता हात परेपछि निर्माण तिम्ले करिब २० वर्ष पछि फिल्मको सिक्वल निर्माण गर्न लागेका हुन् । फिल्मलाई लउरि म्याक डोनाल्ड र वाल्टर पार्केसले मिलेर निर्माण गर्ने भएका छन् । फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।

कलाकार र स्क्रिप्ट फाइनल भए लगत्तै फिल्मको छायांकन सुरु हुने भएको छ । फिल्म २०२१ को आसपासमा रिलिज गर्ने निर्माण टिमको उदेश्य रहेको छ ।

Loading...