fbpx

लोकसेवा विज्ञापन : फारम भर्ने समय ७ दिन थपियो

विराटनगर । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनकालागि फारम भर्ने समय थप गरेको छ । आयोगले गत जेठ १५ गते स्थानीय तहमा रिक्त रहेको पदपूर्ती गर्न ९ हजार १ सय ६१ कर्मचारीकालागि विज्ञापन आह्वान गरेको थियो ।

विज्ञापनमा असार ३ गते सम्म फारम भर्ने अन्तिम मिति तोकिएको थियो । तर तीन दिनदेखि अनलाइन प्रणालीमा खराबी देखिएपछि आयाेगले सात दिन म्याद थप गरेकाे हाे ।

आवेदन दिनेको संख्या अत्याधिक तथा अनलाइन प्रणालीबाट दरखास्त दिँदा कठिनाई भएका कारण दरखास्त दिने अन्तिम मिति असार १० गते र १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने  लाेकसेवाले जानकारी दिएकाे छ ।

आयाेगले खुला गरेकाे विज्ञापन संविधानकाे भावना विपरित भएकाे दाबि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएकाे थियाे । समितिकाे निर्देशन पछि अन्याेलता छाएकाे थियाे । तर सरकारले विज्ञापन रद्द गर्न नमिल्ने बताएपछि सरकारकाे निर्णय कुरेर बसेका सर्वसाधरणाले फारम भर्न सुरू गरेका थिए। विज्ञापन विरुद्ध सर्बाेच्च अदालतमा रिट पनि परेकाे छ ।

प्रतिक्रिया

Loading...