fbpx

भारतकाे इतिहासमा पहिलाे पटक लाेकसभा सदस्यकाे सपथग्रहण नेपाली भाषामा (भिडियाे सहित)

विराटनगर । भारतमा सम्पन्न लाेकसभा निर्वाचनमा विजयी एक सदस्यले नेपाली भाषामा सपथ ग्रहण गरेका छन् । सिक्किमबाट निर्वाचित लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ ग्रहण गरेका हुन्  ।

भारतमा सम्पन्न लाेकसभा निर्चानमा प्रधानमन्त्री नरेन्द्र माेदीकाे पार्टी भाजपाले दुइ तिहाइ बहुमत प्राप्त गर्याे । भाजपाकाे एतिहासिक जितपछि नरेन्द्र माेदी दाेस्राे कार्यकालकालागि प्रधानमन्त्री निर्वाचित भएका छन् ।

लोकसभामा संस्कृत, हिन्दी र अंग्रेजी भाषामा सपथ ग्रहण गर्ने परम्परा थियाे । तर सुब्बाले पहिलाे पटक नेपाली भाषामा सपथग्रहण गरेकाे दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले  जनाएकाे छ ।

नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको  बताइएकाे छ। संस्कृत भाषामा १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएकाे  थिए ।

 

प्रतिक्रिया

Loading...