fbpx

‘साहो’मा निर्देशक सुजितले तीन दर्जन ट्रक र गाडी उडाए

बलिउडमा एक्सन जनरको चलचित्रमा गाडी उडाउने, पड्काउने जस्ता सिन बलिउडका चर्चित निर्देशक रोहित शेट्टीले धेरै गरेकाे पाइन्छ । अब भने बाहुबलीबाट नाम कमाएका अभिनेता प्रभासको मख्य भूमिका रहेको फिल्म ‘साहो’मा निर्देशक सुजितले चलचित्रमा करिब तीन दर्जन ट्रक र गाडी उडाएका छन् ।

यस्तो एक्सनले भरिपुर्ण फिल्म दर्शकले निकै मनपराउने भएपछि सुजीतले  रोहितलाई गाडी उडाउने एक्सनमा पछि पारेका छन् । हलिउडका एक्सन चलचित्र एभेन्जर्स र ट्रान्सफर्मरमा एक्सन निर्देशन गरिसकेका निर्देशकको टिमले फिल्म ‘साहो’को एक्सन निर्देशन गरेका हुन् । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् ।

केहि दिन अगाडी सार्वजनिक गरिएको  फिल्मको ट्रेलरमा अभिनेता प्रभास र अभिनेत्री श्रद्धा कपुरलाई एक्सन अवतारमा देखाइएको छ । फिल्ममा प्रभास र श्रद्धा सँग मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा नील नितिन मुकेश भिलेनको  भूमिकामा छन् । करिव ३०० करोड भारूको लगानीमा निर्माण हुने भएको  सिनेमालाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ । १५ अगस्टको अवसर परेर फिल्म तेलुगू, तमिल र हिन्दीमा भाषामा रिलिज हुने छ । यस फिल्मका लागि प्रभासले हिन्दी क्लास जोइन गरेर हिन्दी बोल्न सिकेका छन् । फिल्मको ट्रेलर रिलिज भए सँगै दर्शकहरु यस फिल्मको लागि निकै उत्साहित रहेका छन् ।

Loading...