fbpx

टी– २० विश्वकप एसिया फाइनल खेल्ने प्रारम्भिक टोलीमा २५ खेलाडी

काठमाडौं । सिंगापुरमा आयोजना हुने टी २० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । पारस खड्काको कप्तानीमा २५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको हो । उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि पहिलो पटक उनले प्रारम्भिक टोली छनोट गरेका हुन् ।

बिहिवारदेखि सुरू हुने बन्द प्रशिक्षणमा रहने टोलीमा कप्तान खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, जितेन्द्र मुखिया, सन्दीप जोरा छन् ।

त्यस्तै सुशास भारी, कुशल भुर्तेल, भीम सार्की, अविनास बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल, शाहब आलम पनि टोलीमा परेका छन् । टोलीमा अटाएका नन्दनकुमार यादब पहिलो पटक अटाएका हुन् ।

सन् २०२० मा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको एसिया फाइनलकालागि बिहिबारबाट बन्द प्रशिक्षण सुरु हुनेछ । जुलाई २२ देखि २८ सम्म प्रतियाेगिता आयोजना हुने छ । एसिया छनोटकाे फाइनलमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

Loading...