fbpx

टोटीले तीस वर्षपछि छाडे ‘रोमा’

एजेन्सी । फ्रान्चेस्को टोटीले ३० वर्षपछि इटालियन क्लब रोमा छाडेका छन् । सन् १९९८ देखि रोमा पुगेका टोटी अध्यक्षसँगको मनमुटावका कारण क्लब छाडेका हुन् । सन् २०१७ सम्म खेलाडीका रुपमा रोमाबाट खेलेका टोटी दुई वर्षयता क्लबको डाइरेक्टरकाे रूपमा कार्यरत थिए ।

क्लबका अध्यक्ष जेम्स पालोटासँगको सम्बन्ध बिग्रिएपछि उनले क्लब छाडेका हुन् । इटालियन लिग प्रतियोगिता सिरी ए रोमा छैठौं स्थानमा रहदै सिजनको अन्त्य गरेको थियो । पछिल्लाे समय टाेटीलाई टेक्निकल डाइरेक्टरकाे रूपमा रहन अाग्रह गरेका थिए । तर उनले मानेका थिएनन् । पछिल्लाे समय सम्बन्ध चिसिएपछि उनले  क्लब छाडेकाे घाेषणा गरेका हुन् ।

‘मैले रोमाबाट राजीनामा दिएको छु । यस्तो दिन अब कहिल्यै नआओस भन्ने आशा छ । उनले भनेका छन् ‘ मैले राम्ररी काम गर्ने अवसर नै पाइनँ ।’ ४२ वर्षीय टोटी रुदै क्लबबाट विदा भएका थिए ।

सन् १९९८ मा युवा खेलाडीका रुपमा रोमा आएका टोटीले १९९३ मा १६ वर्षको उमेरमा सिनियर टिमबाट डेब्यू गरेका थिए । उनले राेमाकालागि ७८५ खेलमा ३०७ गोल गरेका छन् । राेमालाई  दुईपटक कोपा इटालियाको उपाधि पनि जिताउन योगदान गरेका गरेका टाेटीले इटालीकाे राष्ट्रिय टिमबाट विश्वकप समेत जितेका थिए । उनले राष्ट्रिय टिममा ५८ खेल खेलेका छन् ।

Loading...