fbpx

एम्बाप्पेले पीएसजी छाड्ने हल्ला मात्रै !

एजेन्सी । ब्राजिलियन स्टार खेलाडी नेमारलाई बेच्ने तयार भएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले केलियन एम्बाप्पेलाई बिक्री नगर्ने बताएको छ । नेमारलाई उचित मुल्य पाए विक्री गर्ने बताएको क्लबले अर्को सिजन सम्मकालागि एम्बाप्पेलाई क्लबमा नै राख्ने बताएको हो ।

पेरिस सेन्ट जर्मेन पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले एम्बाप्पे पीएसजी क्लब छाड्ने कुनै सम्भावना नरहेको बताए । २०० प्रतिशत एम्बाप्पे पिएसजीमै पीएसजी मै रहने बताएका छन् ।

नेमार सन् २०१७ मा मुल्य १ सय ९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए । तर पछिल्लो समय उनको व्यवहारका कारण क्लबले बेच्ने तयारी गरेको फ्रान्सेली सञ्चार माध्ययमहरुले बताएका छन् ।

नेमारलाई बेच्ने बताएको दुई दिन पछि अध्यक्ष खेलाइफीले  एम्बाप्पेले क्लब नछाड्ने बताएका हुन् । २० बर्षिया एम्बाप्पे पछिल्लो समय फ्रान्सेली क्लबबाट बाहिर जाने चर्चा चलेको बताउँदै उनले भने ‘ हामी यस्ता प्रतिभाशाली खेलाडीलाई जान दिने पक्षमा छैनौ ।’

सन् २०१८ मा फ्रान्सलाई  विश्वकप विजेता बनाउन याेगदान दिएका एम्बाप्पेले पछिल्लो सिजन पीएसजीका लागि ४३ खेलमा ३९ गोल गरेका छन् ।

प्रतिक्रिया

three × two =

Loading...