fbpx

किन बोल्दैनन् सनी देवल र शाहरुख खान ?

'डर' काे सेटबाट सुरू भएकाे मनमुटाव १६ वर्ष सम्म यथावत

एजेन्सी । बलिउडमा शाहरुख खान र सनी देवलको छुट्टा छुट्टै पहिचान छ । यी दुई कलाकार भारतमा चर्चित र सफल अभिनेता हुन् ।   एउटै क्षेत्रमा काम काम गरेपनि बलिउडमा किङ खान उपनामले चिनिने शाहरुख र सनी देवल बिच बोलचाल नभएको १६ वर्ष पूरा भएको छ ।

अभिनयसँगै राजनीति सुरु गरेका सनी पछिल्लो समय भाजपाबाट सांसद बनेका छन् । एक भारतीय टिभीसँगको अन्तरवार्तामा सनी देवलले शाहरुखसँग बोलचाल नभएको १६ वर्ष पुगेको बताएका हुन् । फिल्म ‘डर’ बाट सुरु भएको मनमुटाव अझै साम्य  नभएको  उनकाे भनाइ छ । जसका कारण यी दुई कलाकारले एउटै स्क्रिन सेयर गरेका छैनन् । डर फिल्म पछि सनीले यश चोपडाको फिल्ममा पनि काम गरेका छैनन् ।

एक टिभी च्यानलसँगको कुराकानीमा सनीले डरको सेटमा भएको मनमुटावबारे खुलेर कुराकानी गरेका छन् । ‘फिल्ममा म कमान्डोको भूमिकामा थिएँ र शाहरुख खानले मलाई चक्कुले हमला गर्नुथियो ।’ उनले भनेका छन् ‘ म फिट थिएँ किन चक्कु हान्न पर्छ जस्तो लाग्यो । ’

सनीलाई शाहरुख खानसँग १६ वर्षसम्म बोल्नुभएन हो ? भन्ने प्रश्नमा उनले ‘हामी सँगै काम गर्छौं तर कोहीसँग पनि धेरै कुराकानी गर्दिन।’ सनी सार्बजनिक कार्यक्रममा कमैमात्र जाने गरेका छन् । कार्यक्रममा भेट भएपनि कुराकानी नहुने उनले बताएका छन् ।

Loading...