fbpx

भुटानमा शिक्षकको पारिश्रमिक उच्च

एजेन्सी । भुटानले शिक्षकको पारिश्रमिक उच्च बनाएको छ । डक्टर, नर्स र चिकित्सकीय कर्मचारीको तलब बढाएरको भुटानले शिक्षकको पारिश्रमिक पनि उच्च बनाएको हो ।

गत जुन ५ मा त्यहाँको क्याविनेटले बढाउने निर्णय गरेको हो । भुटानको अंग्रेजी न्यूज पोर्टल ‘द भुटनीज’ का अनुसार सरकारले शिक्षकसँगै स्वास्थ्य क्षेत्रका कर्मचारीको तलब उच्च बनाएको हो ।

भुटानमा ८६७९ शिक्षक छन् । भुटानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार शिक्षकले पारिश्रमिक पाएमा देशको सबैभन्दा धेरै पारिश्रमिक पाउने पेसा शिक्षण हुनेछ ।’ धेरै शिक्षक र चिकित्सकीय कर्मचारीले समाजिक संजालमा तलब वृद्धिको स्वागत गरेका छन् ।

प्रतिक्रिया

Loading...