fbpx

म्याराडोनाको चिन्ता ‘मेस्सीको कप्तानीमा अर्जेन्टिना कमजोर’

एजेन्सी । विश्वचर्चित पूर्व फुटबल खेलाडी डिएगो म्याराडोनाले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टोली कमजोर अवस्थामा रहेको बताएका छन् । कोपा अमेरिकाको पहिलो खेलमा कोलोम्बियासँग पराजित भएपछि मेस्सीको आलोचना गर्दै उनले अर्जेन्टिनी टोलीको प्रस्तुती कमजोर अवस्थामा रहेको बताए ।

अर्जेन्टिनाले समूह ‘बी’ को पहिलो खेलमा कोलोम्बियासँग २–० को पराजित भएको थियो ।

अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप दिलाउन भूमिका खेलेका म्याराडोनाले टिवाईसी स्पोर्ट्स टेलिभिजनसँगको अन्तरवार्तामा अर्जेन्टिनाको प्रदर्शन खराब रहेको र जुनसुकै टोलीले हराउन सक्ने बताएका थिए ।

राष्ट्रिय टोलीकालागि खेल्दा बेग्लै गौरव अनुभूति हुने बताउँदै उनले अहिलेको टोलीमा गौरव अनुभूति नभएको बताए । राष्ट्रिय टोलीको जर्सी आमा समान हुने उनको भनाई छ ।

प्रतिक्रिया

twenty − seventeen =

Loading...