fbpx

विश्वकप क्रिकेटः वेष्ट इन्डिजमाथि बंगलादेशको एतिहासिक जित

विराटनगर । आइसीसी विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इन्डिजलाई पहिलो पटक पराजित गरेको छ । सोमबार भएको खेलमा बंगलादेशले सात विकेटले जित निकाल्दा शकिब अल हसनले उत्कृष्ट प्रदर्शन गरे ।

३२२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटेको थियो । बंगलादेशका लागि शकिब अल हसनले अविजित १२४ रन बनाए । ९९ बलको सामना गरेका सकिबले १६ चौका प्रहार गरे गरेका थिए ।

बंगलादेशकालागि लिटोन टासले अविजित ९४ रन जोडे । सकिब र लिटोनले १८९ रनको साझेदारी गरेका थिए । बंलादेशकालागि तमिम इकबालले ४८ र सौम्या सरकारले २९ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३२१ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि साई होप ९६ रन जोडे, इभिन लेविसले ७० र सिम्रन हिटम्यरले ५० रन बनाए । कप्तान ज्यासन होल्डरले ३३ रन,निकोलस पुरन २५ रन बनाउदा क्रिस गेल शून्य रनमा आउट भए ।

बलिङतर्फ बंगलादेशका मोहम्मद सइफुदिन र मुस्ताफिजुर रहमानले समान ३–३ विकेट लिए । त्यस्तै, शकिब अल हसनले दुई विकेट लिए ।

प्रतिक्रिया

four + one =

Loading...