fbpx

सारा अली खान र ईशान खट्टर स्क्रिन सेयर गर्दै

विराटनगर ।
अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरि अभिनेत्री साराअली खानले आफ्नो डेब्यु चलचित्रले बलिउडमा आफ्नो लोभलाग्दो क्रेज बनाइ सकेकी छिन् । उनले मुख्य भूमिका निर्वाह गरेको फिल्म केदारनाथ र सिम्बाले बक्स अफिसमा निकै राम्रो कमाई गरेको थियो ।

उनी अहिले फिल्म ‘लभ आजकल २’ को छायाकंनमा व्यस्त रहेकी छिन् । यस फिल्ममा उनी आफ्नो क्रस अभिनेता कात्तिक आर्यनसँग रोमान्स गर्ने भएकी छिन् । यहि क्रममा उनि अर्को फिल्ममा अनुबन्धित भएको खबर सार्वजनिक भएको छ । उनि अब अली अब्बास जफरको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्ममा काम गर्ने भएकी छिन् ।

उनले अभिनय गर्ने यस फिल्मको नाम भने फिक्स भईसकेको छैन । तर, उनले यस फिल्ममा बलिउड अभिनेता शाहिद कपुरका भाई अभिनेता ईशान खट्टरसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ । ईशानले यस अघि फिल्म ‘धडक’बाट बलिउड क्षेत्रमा डेब्यू गरेका हुन् । फिल्म ‘धडक’ले बक्स अफिसमा राम्रो कमाई भने गर्न सकेको थिएन ।

‘धडक’मा ईशानको अभिनयको निकै राम्रो तारिफ भएको थियो । यो चलचित्रमा ईशानले अभिनेत्री श्री देबीकि छोरि अभिनेत्री जान्वी कपूरसँग स्क्रिन सेयर गरेका थिए । अली अब्बासको व्यानरमा निर्माण भएपनि यो चलचित्रलाई उनले निर्देशन भने गर्ने छैनन् । उनको सहायक निर्देशकले यो चलचित्रको निर्देशन गर्ने भएका छन् ।

Loading...