fbpx

‘टिप टिप बर्षा पानी’ गीतको रिमेकमा अक्षय र कट्रिना

विराटनगर ।
फिल्म मोहराको हिट गीत ‘टिप टिप बर्षा पानी’ अहिले रोहित शेट्टीको निर्देशनमा तयार भइरहेको फिल्म ‘सूर्यवंशी’ मा रिमेक हुँदै छ । यस गीतको अरिजिनल भर्सनमा अभिनेता अक्षय कुमारसँग अभिनेत्री रविना टन्डनको प्रस्तुति रहेको थियो । तर रिमेकमा भने भने अक्षयसँग अब अभिनेत्री कट्रिनाको डान्स देख्न पाइने भएको छ ।

अहिले यस फिल्मको सुटिङ बैंककमा भईरहेको छ । फिल्ममा समावेश गरिएको एक्सनको पार्ट लगभग सकिएको फिल्मको निर्माण युनिटले जानकारी दियो । प्रहरीको कथामा आधारित भएर निर्माण भएको यस चलचित्रमा अक्षय कुमारलाई प्रहरीको भूमिकामा देखिने भएको छ ।

अक्षय संगै फिल्ममा अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका रहेको छ । एक्सन जनरामा निर्माण भएको यस चलचित्रमा कट्रिनाले अक्षयको प्रेमिकाको भूमिका निर्वाह गर्दै छिन् । ‘धर्मा प्रोडक्सन’को व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा करण जोहरको लगानी रहने छ ।

दुइ ठुला ब्यानरका फिल्म अक्षयको ‘सूर्यवंशी’ले र सलमानको ‘इन्शाअल्लाह’ इदमा एकआपसमा जुध्ने भए पछि ‘सूर्यवंशी’ले दुई महिना अघि प्रदर्शनको मिति सारेको छ । फिल्म अब २७ मार्चमा रिलिज हुने भएको छ ।

प्रतिक्रिया

5 − five =

Loading...