fbpx

‘पानीपत’का लागि अर्जुनले बनाए बडि, पाए सबको प्रशंसा

विराटनगर ।
बलिउडका चर्चित अभिनेता अर्जुन कपुर हाल आफ्नो अगामी सिनेमा पानीपतको तयारीमा व्यस्त छन् । हालै प्रदर्शनमा आएको उनको फिल्म इंडियाज मस्ट वान्टेडले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । त्यसैले पनि अर्जुनले यस फिल्मबाट दर्शकको मन जित्ने निकै आस गरेका छन् ।

हालै सामाजिक संजालबाट उनको आफ्नो एउटा तस्वीर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तस्विरमा उनको बडिलाई शो गरिएको छ । तस्वीर सार्वजनिक भएसँगै अर्जुनले निकै चर्चा बटुलिरहेका छन् । तस्वीरमा सिनेमा उद्योग उनका फ्यान तथा दर्शकहरूले अर्जुनले आफ्नो बडिमा गरेको मेहेनतको खुलेर प्रशंसा गरेका छन् ।

यस अघि उनले घोडा सिक्दै गरेको तस्वीर सार्वजनिक गरेका थिए । फिल्म ुपानीपतु मा उनी एक योद्धाको भूमिका निर्वाह गर्दै छन् । यो सिनेमा १४ जनवरी, सन् १७६१ मा मराठा साम्राज्य तथा अफगानिस्तानका राजा अहमद शाह अब्दालीको सेनाबीच भएको युद्धको कथामा आधारित रहेको छ ।

यस युद्धलाई १८ औं शदाब्दीको सबैभन्दा भयानक युद्धमध्ये एक मानिन्छ । फिल्ममा अर्जुनका साथ अभिनेता संजय दत्त र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको छ । यस फिल्म आशुतोष गवारीकरको निर्देशनमा बन्ने भएको छ । यो फिल्म सन् २०२०को डिसेम्बरमा ६ मा रिलिज हुने तय भएको छ ।

Loading...